‘फिर्के’ हेरेपछि के भने सञ्चारमन्त्री ? (भिडियो)



शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘फिर्के’ हेर्न सुचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत राजधानीको कुमारी हल पुगेका छन् । सोमवार साँझ फिल्म निर्माण यूनिटसँग चलचित्र हेरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री बस्नेतले भने, ‘फिर्के’ले वास्तविक घट्नालाई उतारेको छ । सामाजिक विकृति हटाउने क्रममा यो एउटा सन्देशमुलक चलचित्र हो ।’

उनले अगाडि भने, ‘म खासै फिल्म त हेर्दिनँ तर ‘फिर्के’ हेरुन्जेल रमाइलो लाग्यो । मैले सुलेमान शंकर अभिनीत चलचित्र ‘ईकु’ पनि हेरेको थिएँ । उहाँको काम मलाई ‘फिर्के’मा पनि राम्रो लाग्यो ।’ यस्तै, मन्त्री मोहन बस्नेतले सुलेमानलाई आगामी भविष्यका लागि शुभकामना पनि दिए ।

यस्तै, चलचित्र हेर्न कुमारी हल पुगेका हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौला, हास्यकलाकार द्वय केदार घिमिरे र जितु नेपाल पनि ‘फिर्के’ राम्रो बनेको प्रतिक्रिया दिएका छन् । ‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

रवि डंगोल चलचित्रका निर्देशक हुन् । यो चलचित्रका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । चलचित्रमा अभिमन्यू निरबीको लेखन रहेको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङ्को सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu