कन्फर्म : माघ १२ मा ‘ह्याप्पी डेज’ नआउने



माघ १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ह्याप्पी डेज’को प्रदर्शन मिति स्थगन भएको छ । माघ ११ अर्थात्, जनवरी २५ मा बलिउडका दुई बहुप्रतिक्षीत चलचित्र ‘प्याडम्यान’ र ‘पद्मावती’ (पद्मावत) प्रदर्शनमा आउने भएपछि चलचित्र ‘ह्याप्पी डेज’ को नेपाल रिलिज रोकिएको हो ।

सञ्जयलिला भन्सालीले ‘पद्मावती’को नाम परिवर्तन गरेर ‘पद्मावत’ राखेपछि भारतीय सेन्सर बोर्डले यो फिल्मलाई प्रदर्शनको अनुमती दिएको थियो । यो चलचित्र नामकै कारण लामो समयदेखि विवादमा तानिएको थियो ।

बलिउडका दुई ठूला चलचित्र एकसाथ प्रदर्शनमा आउने भएपछि दर्शकको उपस्थिति नेपाली चलचित्रतर्फ कम हुने कुरालाई ध्यानमा राख्दै ‘ह्याप्पी डेज’ निर्माण टीमले चलचित्रको प्रदर्शन मिति पोस्टपोन्ड गरेको हो ।

चलचित्रका निर्देशक तथा निर्माता मिलन चाम्सले ‘प्याडम्यान’ र ‘पद्मावती’ (पद्मावत)का कारण ‘ह्याप्पी डेज’को प्रदर्शन मिति पोस्टपोन्ड गरिएको स्वीकार गरे । उनका अनुसार, चाँडै चलचित्रको नयाँ रिलिज डेट घोषणा गरिनेछ ।

‘ह्याप्पी डेज’लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । दयाहाङ राई, प्रियंका कार्की, सञ्जय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स अभिनित चलचित्रको छायांकन बेलायतमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu