साम्राज्ञी विनै आर्यन उडे फिलिपिन्स



नायक आर्यन सिग्देललाई दर्शकले पर्दामा देख्न नपाएको लामै समय भइसकेको छ । गएको वर्षसम्म ‘ब्याक टू ब्याक’ चलचित्र गरिरहेका आर्यन चाँडै आफ्नो अभिनय र निर्माणमा ‘कायरा’ नामक चलचित्र बनाउँदैछन् । यसका लागि उनले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई १० लाख पारिश्रमिकमा अनुबन्ध गरेको खबर छ ।

जनवरी ११ तारिखबाट फिलिपिन्सको मनिलामा सुरु हुने यो चलचित्रका लागि आर्यन सोमवार फिलिपिन्स प्रस्थान गरेका छन् । तर, खोई साम्राज्ञी ? अहिले उनी लन्डनमा छिन् । एकपटक बेलायतले भिषा दिन अस्वीकार गरेपछि उनले ‘कायरा’ साइन गरेकी थिइन् ।

दोस्रो पटकको प्रयासमा बेलायती दूतावासले उनलाई लन्डन जाने बाटो खुल्ला गरेको हो । केहीदिन अगाडि मात्र लन्डन पुगेकी उनले लामो समयदेखि रोकिएको आफू अभिनीत चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ को सुटिङ ज्वाइन गरिसकेकी छिन् ।

उनले आफ्नो आधिकारिक इन्स्टाग्राम र फेसबुकमा लन्डनबाट फिल्मका नायक धिरज मगरसँगको एक तश्विर शेयर गरेकी छिन् ।

उनी केही हप्तामा नै नेपाल आएर ‘कायरा’को छायांकनका लागि फिलिपिन्स उड्ने स्रोत बताउँछ । सेड्युल जुधेपछि अब साम्राज्ञीले ‘कायरा’ र ‘इन्टु मिन्टु लन्डनमा’को छायांकन एकसाथ गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu