‘दोषी को ?’ को ‘शिरफूल शिरैमा’ गीत सार्वजनिक (भिडियो)



समाजिक बिषयमा निर्माण गरिएको चलचित्र ‘दोषी को ?’ को ‘शिरफूल शिरैमा’ बोलको गीत सार्वजनिक भएको छ । निमा लामा तामाङको निर्देशनमा बनेको चलचित्रको यो गीत मेलिना राईले गाएकी हुन् ।

निर्माता गोपी अधिकारीको शब्द र संगीत रहेको गीतको कोरियोग्राफी रमेश रेग्मीले गरेका छन् । करण फिल्मस् प्रोडक्शनको ब्यानरमा करण थापा मगर प्रस्तुतकर्ता रहेको चलचित्रको कथा र पटकथा करण आफैले लेखेका हुन् ।

सुवास नेपाली, करण थापा, सपना लामा, नेहा गौतम, रमेश रेग्मी, मिठु आले,रबिना थापालगायतका नवकलाकारको चलचित्रमा अभिनय छ ।

पहिला बिभिन्न देशमा शो गरेपछि मात्रै ‘दोषी को ?’ चलचित्रलाई नेपालका हलमा प्रदर्शन गरिने जानकारी निर्माता गोपीले दिएका छन् ।

भिडियो :-

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu