पहिलो पटक नर्वेमा ‘बोबी’ प्रिमियर हुने



उमेश थापा र कविता गुरुङको वास्तविक प्रेमकथामा आधारित चलचित्र ‘बोबी’को नर्वेमा प्रिमियर हुने भएको छ । मिलन चाम्स निर्देशित यो चलचित्रको प्रिमियर हलिउडका मिसन इम्पोसिबल, जेम्स बोन्डका चलचित्र प्रिमियर हुने हलमा हुन लागेको हो ।

‘बोबी’लाई नर्वेमा स्क्यान्याण्डवियाको नोर्डिक्स फिल्म वितरण कम्पनीले देखाउने छ । मे १० मा प्रिमियर सम्पन हुने चलचित्रमा कविता गुरुङ, उमेश थापा, विजय लामा, रुवी राना शाह (मिस नेपाल), रवी गिरी, सुरवीर पण्डित, पुर्णिमा लामा, बादल भट्ट, रश्मि भट्ट, देशभक्त खनाल लगायतका कलाकारको अभिनय छ ।

नर्वेमै बस्ने इन्जीनियर उमेश र होटल म्यानेजर कविताको प्रेमकथामा तयार गरिएको चलचित्रको स्क्रिप्ट संचारकर्मी नरेश भट्टराईले लेखेका हुन् । चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, नवराजकृष्णको छायाँकन र अर्जुन जिसीको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu