फागुन ४ मा ‘मंगलम’ नआउने, अब कहिले ?



फागुन ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मंगलम’को फेरि रिलिज डेट पोस्टपोन्ड भएको छ । वितरक गोपालकाजी कायस्थका अनुसार, अब यो चलचित्र फागुन २५ गतेबाट प्रदर्शनमा आउनेछ । ‘मंगलम’ सरेपछि फागुन ४ मा आउन लागेको चलचित्र ‘कान्छी’ले भने अब सोलो रिलिजको अवसर पाएको छ ।

‘मंगलम’ रिलिज फेरबदल हुनुको कारण एक हप्ता अगाडि अर्थात्, माघ २६ मा प्रदर्शन हुन लागेको अनमोल केसी अभिनीत फिल्म ‘कृ’ मानिएको छ ।

दोस्रो हप्तामा पनि ‘कृ’को कलेक्सन आक्रामक हुनसक्ने कुरालाई ध्यानमा राख्दै ‘मंगलम’को रिलिज सारिएको हो । फागुन ४ अघि असोज ११ गते ‘छक्का पञ्जा २’ सँग पनि जुध्न तयार भएको यो चलचित्रलाई एफडी कम्पनीले एमजी समेत दिएको छ ।

चलचित्रमा शिल्पा पोखरेल, पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज प्रसाइ, नीर शाह, मिथिला शर्माको अभिनय छ ।

चलचित्रमा विष्णु घिमिरेको छायांकन, गोविन्द फूयाँलको शब्द, मित्रदेव गुरुङको सम्पादन, गोविन्द र नवल नेपालको संवाद छ । छविराज ओझाको निर्माणमा तयार भएको चलचित्रलाइ नवल नेपालले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu