हङकङमा ‘मिस्टर झोले’ शो हुने



पुष २८ गतेबाट नेपालमा प्रदर्शन हुन लागेको चलचित्र ‘मिस्टर झोले’को मृगौला पीडितको सहयोगार्थ हङकङमा शो हुने भएको । आउँदो आइतवार अर्थात्, जनवरी १४ तारिखमा चलचित्रको हङकङमा प्रदर्शन हुनेछ ।

मृगौला पीडित दिलुमाया गुरुङको सहयोगार्थ हुने शोमा नेपालबाट कलाकार दयाहाङ राई, दीया पुन र निर्देशक रामबाबु गुरुङ उपस्थित हुनेछन् । ‘गुर्खा सेमेटेरिज ट्रस्ट’को प्रस्तुतीमा देव, जीवन, अरुण र टोपराजले शो आयोजना गर्न लागेका हुन् ।

रामबाबु गुरुङ निर्देशित चलचित्र ‘मिस्टर झोले’मा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय छ ।

यो चलचित्रलाई टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा निर्माण गरेको हो । यसअघि निर्देशक गुरुङ्गले ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘पुरानो डुंगा’ जस्ता चलचित्रहरु निर्देशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu