पूजाको फिल्ममा ‘माग्ने बुढा’को चर्को पारिश्रमिक



नायिका तथा निर्मात्री पूजा शर्मा अभिनीत तथा निर्मित नयाँ चलचित्रमा हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) १० लाख पारिश्रमिकमा अनुवन्धित भएका छन् । सुदर्शन थापाले निर्देशन गर्न लागेको चलचित्रमा केदारको मुख्य भूमिका हुनेछ ।

दीपक-दीपाको क्याम्पमा मात्र काम गर्दै आइरहेका उनले पूजाको अनटाइटल प्रोजेक्टका लागि डेढ लाख रकम कर तिर्ने सहमतिमा १० लाख पारिश्रमिक लिएका हुन् ।

खबरअनुसार, उनले यो चलचित्र रिलिज भन्दा अगाडि ‘छक्का पन्जा ३’ बाहेक अन्य चलचित्रमा काम गर्न पाउने छैनन् । माघ अन्तिम साताबाट चलचित्रको छायांकन सुरु हुनेछ ।

चलचित्रमा पूजा र केदारसँगै विल्सन विक्रम राई र रविन्द्र झाको पनि मुख्य भूमिका हुनेछ । चलचित्रका लागि लिड नायक समेत छनौट भइसकेको छ । तर, निर्माण पक्षले नायकको नाम भने गोप्य राखेको छ ।

केदारले चलचित्रको कथावस्तु मनपरेकाले आफूले काम गर्न लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu