‘एउटा यस्तो प्रेम कहानी’मा संजोग र वर्षाको जोडी



लामो समयदेखि प्रेममा रमाइरहेका नायक संजोग कोइराला र नायिका वर्षा राउतले एकसाथ चलचित्र गर्ने पक्का भएको छ । नायक शिव श्रेष्ठ प्रस्तुतकर्ताको रुपमा आउन लागेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मा वर्षा र संजोगको जोडी बाँधिन लागेको हो ।

अहिले संजोग चीनमा छन् भने वर्षा तौल घटाउनका लागि अष्ट्रेलिया पुगेकी छिन् । ‘मन्दिरा’ निर्देशक दिपेश सापकोटाको निर्देशनमा बन्न यो चलचित्रको हाल गोप्य रुपमा छायांकन भइरहेको स्रोत बताउँछ । यो चलचित्रलाई यशोदा राई र दिनेश दर्शनधारीले संयूक्त रुपमा निर्माण गर्न लागेका हुन् ।

शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’मा विशेष भूमिका हुनेछ । चलचित्रको कथा उनी आफैंले लेखेका हुन् । निर्देशक सापकोटाका अनुसार, शिव श्रेष्ठको चलचित्रमा दर्शकले एक्सन अवतार देख्न पाउनेछन् । नरेन खड्का र बिष्णु चेम्जोंग पनि चलचित्रको मुख्य कलाकारको रुपमा अनुवन्धित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu