नेपालपछि जापानमा ‘पिंजडा ब्याक अगेन’



आउँदो माघ ४ बाट अल नेपाल प्रदर्शनमा आउन लागेको चलचित्र ‘पिंजडा ब्याक अगेन’को जापान प्रदर्शन तय भएको छ । नेपाल रिलिजको १० दिनपछि अर्थात्, जनवरी २८ तारिखमा जापानमा यो चलचित्रको विशेष शो हुनेछ ।

उक्त शो मा निर्देशक हिमाल केसीसँगै नायक निखिल उप्रेती उपस्थित हुनेछन् । मंगलबार मात्रै काठमाडौं स्थित जापानी राजदुतावासले निखिल र हिमालसँगै अभिनेत्री सञ्चिता लुईंटेललाई जापानको लागि प्रवेशाज्ञा प्रदान गरेको थियो ।

जनवरी २८ मा टोकियोमा हुने प्रदर्शनीपछि अन्य शहरमा पनि भिन्न-भिन्न मितिमा चलचित्रको स्कृनिङ हुने निर्देशक केसीले बताए । फेमिली ड्रामा बोल्ने एक्सन प्याक चलचित्रको जापान प्रदर्शनको अधिकार क्लासिक युथ जापानले लिएको हो ।

श्रीराम बरालको प्रस्तुती तथा रोहित पुरी र गोविन्द गैरेको निर्माणमा बनेको चलचित्रमा निखिलसँगै सारा शिर्पाली, ज्याक श्रेष्ठ, सुन्दर श्रेष्ठ, सुस्मिता केसी, पुकार भट्टराई, प्रदिप दाहाल, कुशाग्र भट्टराइसँगै केहि दिन पहिले मात्रै दिवंगत भएकी विना थापाको मुख्य भुमिका छ ।

चलचित्रमा समावेश यसअघि सार्वजनिक दुई गीत ‘कुकुकु’ र ‘तिमी नी आधा’ बोलका गीत हिट नम्बर बनिसकेका छन् । सशक्त सांगितिक पक्ष र एक्सन प्याक ट्रेलरको कारण चलचित्र दर्शकको लागी प्रतिक्षित बनिसकेको छ । ‘पिंजडा ब्याक अगेन’को कथा मौनता श्रेष्ठले लेखेका छन् । चलचित्रमा राजनराज शिवाकोटी र अर्जुन पोखरेलको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu