आर्यन र प्रियंकाको ‘बटरफ्लाई’लाई ‘पिजी’ सर्टिफिकेट



पुष २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बटरफ्लाई’ले सेन्सर बोर्डबाट ‘पिजी’ सर्टिफिकेट पाएको छ । मंगलवार सेन्सर बोर्डका सदस्यहरले चलचित्र हेरेपछि पिजी सर्टिफिकेट दिएका हुन् । अब १६ वर्ष उमेर मुनीकाले ‘बटरफ्लाई’ हेर्न अभिभावक लिएर जानु पर्ने हुन्छ ।

आर्यन अधिकारी र प्रियंका कार्कीको मुख्य भूमिका रहेको यो चलचित्रमा अर्पण थापा, रविन्द्र खड्का, पुरज थापा, सुष्मा कार्की, सुरविर पण्डित, मोहन निरौंला, राम बुढाथोकी, माधव पण्डित लगायतका कलाकारहरुको पनि अभिनय छ । ‘बटरफ्लाइ’लाई ओमप्रतिक गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा विकाससँगै अर्जुन पोखरेल र दिपक शर्माको संगीत छ ।

सुरेश बज्राचार्यले खिचेको चलचित्रका कार्यकारी निर्माता रमेश प्रजापति हुन् भने सरोज शाह र मन्दिल श्रेष्ठ सह निर्माता रहेको चलचित्रमा मुख्य निर्मातामा पुष्पाञ्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी छन् । अर्जुन जिसी र मन्दिल श्रेष्ठले चलचित्र सम्पादनको काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu