यस्तो बन्यो ‘न्याप्किन’को ट्रेलर (भिडियो)



नेपाली युवाले भोगेको समस्याबारे निर्माण भएको चलचित्र ‘न्याप्किन’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रको प्रदर्शन मिति भने निर्माण टीमले घोषणा गरेको छैन ।

विनायक लामिछाने निर्देशित चलचित्रमा प्रदीप गिरी, विनायक लामिछाने, अनिता बस्नेत, अर्जुन भट्टराई, राकेश केसी लगायतका कलाकारहरुको अभिनय छ ।

सानो बजेटमा पुरानो सिनामंगलका युवाहरुले मिलेर ‘न्याप्किन’ निर्माण गरेका हुन् । आमयुवाले भोगेको चिन्तासँग कसरि अपराध जोडिन्छ भन्ने विषयमा चलचित्र निर्माण भएको निर्देशक लामिछानेले जानकारी दिए ।

अर्जुन भट्टराई र राकेश केसीको कन्सेप्टमा तयार भएको चलचित्रका छायाँकर सुवास ईडो हुन् । भूकम्प पीडितका लागि विभिन्न ठाउँमा च्यारिटी गरिएको यो चलचित्रमा भुपेन्द्र बनको द्वन्द्व निर्देशन छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu