‘ब्लाइन्ड रक्स’ को ‘उड्यो मन’ गीत रिलिज (भिडियो)



फागुन १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘ब्लाइन्ड रक्स’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘उड्यो मन…’ बोलको गीतमा कत्थक नृत्य र शास्त्रिय संगीतको स्वाद मिश्रण छ ।

हरि लम्सालको संगीत र नरेश भट्टराईको शब्द रहेको गीतलाई बानिका प्रधानले गुनगुनाएकी छन् । गीतको भिडियोमा बेनिशा हमाल फिचरिङ छिन् । ‘धेरैपछि दर्शकले शाष्त्रिय संगीतको स्वाद लिन पाउँछन्’ निर्देशक मिलन चाम्सले भने, ‘यसमा कत्थक र क्लासिकल टेस्ट मिश्रण गरिएको छ ।’

दुर्घटनामा दृष्टि गुमाएकी सृष्टि केसीको जीवन पेश गर्ने बायोपिक चलचित्रमा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टको समेत मुख्य भूमिका छ । हमालले सृष्टिको भूमिकामा अभिनय गरेकी छन् ।

लन्डन प्रदर्शनपछि निकेश लिम्बु निर्मित चलचित्र फागुन १८ गते (मार्च २) सिनेमा देशव्यापी प्रदर्शन हुँदैछ । नेपाल रिलिजको एकदिनअघि हङकङ प्रदर्शन गरिँदैछ । माघको पहिलो साता चलचित्रले देशव्यापी टुर समेत थाल्दैछ ।

एन फिल्मस क्रिएसन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा यो चलचित्र निर्माण भएको हो ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu