प्राविधिक इन्द्र लामालाई उपचारार्थ आर्थिक सहयोग



बरिष्ठ प्राविधिक इन्द्र लामालाई उपचारार्थ आर्थिक सहयोग जुट्ने क्रम जारी छ । शुक्रबार नेपाल चलचित्र प्राविधिक संघको अगुवाइमा १ लाख २३ हजार रुपैयाँ नगद लामालाई बुझाइयो । अभिनेता राजेश हमालले आयोजित एक च्यारिटी समारोहमा लामालाई अर्थ सहयोग हस्तान्तरण गरे । राजधानीको बनस्थलीमा सम्पन्न एक सांस्कृतिक कार्यक्रममा समेत विभिन्न कलेज र व्यक्तिले ७६ हजार पाँच सय नगद संकलन गरे ।

नेफ्टाबाट संकलित ४७ हजार ५ सय र च्यारिटीबाट जुटेको ७६ हजारसहित कूल १ लाख २३ हजार पाँचसय रुपैयाँ हमालसहित संघका अध्यक्ष पुष्कर लामा र अभिनेता सुमन सिंहले उपचारार्थ सहयोग हस्तान्तरण गरे ।

हमालले आफू सदैव प्राविधिकको हकहितमा जुट्ने बताए । उनले लामाको स्वास्थ्य लाभको समेत कामना गरे ।

मेकअप आर्टिस्ट लामो समयदेखि मृगौला, मधुमेह लगायतका रोगबाट पीडित छन् । ३५ वर्ष लामो फिल्म करियरमा उनले ३ सयभन्दा बढी सिनेमामा मेकअप म्यानको रुपमा काम गरे । उनी नेफ्टाका साधारण सदस्य समेत हुन् । प्राविधिकको स्वास्थ्य समस्यालाई ख्याल गर्दै आकस्मिक कोष खडा गरेको अध्यक्ष लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu