‘पिंजडा व्याक अगेन’ दुई मितिमा रिलिज हुने



माघ ४ लाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘पिंजडा व्याक अगेन’को प्रदर्शन मिति फेरबदल भएको छ । अब माघ ४ मा यो चलचित्र उपत्यका बाहिर मात्रै प्रदर्शन हुनेछ । काठमाडौं उपत्यकामा भने पूर्वनिर्धारित मितिभन्दा एकदिन पछि अर्थात्, माघ ५ गतेबाट चलचित्र हलमा लाग्नेछ ।

चलचित्र निर्माता संघले होल्ड ओभर कायम राख्न प्रदर्शनरत चलचित्रलाई कम्तिमा एक हप्ता हलमा अबसर दिने निर्णयसहित अघि ल्याएको मुद्धालाई आत्मसाथ गर्दै ‘पिंजडा व्याक अगेन’ राजधानी आसपासका हलमा शुक्रबार मात्रै रिलिज हुने भएको हो ।

माघ ४ गते बिहिबार परेको सोनाम ल्होसारको बिदाको दिन चलचित्र रिलिजको घोषणा निर्माण टिमले गरेको थियो । निर्देशक हिमाल केसीले वितरण कम्पनिहरुसँगको सल्लाहमा फिल्मलाई दुई मितिमा रिलिज गर्ने सहमती भएको बताए ।

चलचित्रमा निखिल उप्रेती, सारा सिर्पाली, सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘पिंजडा व्याक अगेन’लाई ओम शाही भक्त मुभिज र ओम साइ मौलाकालिका पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको हो ।

सुशान्त श्रेष्ठ र बसन्त शर्मा कार्यकारी निर्माता रहेको चलचित्रका प्रस्तुतकर्ता श्रीराम बराल हुन् । सौरभ लामाले खिचेको चलचित्रमा रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीको लगानी छ । यो चलचित्रको कथा मौनता श्रेष्ठले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu