‘साली कस्को भेनाको’ बन्ने, विल्सन र सुष्माले रोमान्स गर्दै



चलचित्र ‘साली कस्को भेनाको’ निर्माण हुने भएको छ । चितवनका पुराना निर्माता प्रसाद श्रेष्ठको प्रस्तुति रहने चलचित्रलाई भद्र भुजेलले निर्देशन गर्ने भएका छन् । निर्माता श्रेष्ठले यसअघि कर्जा, कान्छी, सन्तान जस्ता सफल चलचित्र निर्माण गरिसकेका छन् ।

माघ २ गते चितवनमा शुभ मुर्हत गरेर छायांकन सुरु गरिने चलचित्रको छायांकन चितवन र धम्पुसमा गरिनेछ । कलाकार पुष्प आचार्यको कथा रहेको यस चलचित्रमा प्रसाद श्रेष्ठ ,सुरज शाही ठकुरी र मिन घलानको संगीत रहनेछ ।

चलचित्रमा विल्सन विक्रम राई, सुष्मा कार्की, दीपा सागर, मरिष्का पोखरेल, रजनी गुरुङ, प्रिया रिजाल, जयनन्द लामा, कविता आले, पुस्कर गुरुङ लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ ।

मानविय समबेदनामाथि निर्माण गरिन लागिएको ‘साली कस्को भेनाको’ कमेडी तथा पारिवारिक चलचित्र हो । यस चलचित्रमा मगरजातिको संस्कृतिमा साली र भेना बिचको सम्बन्धलाई देखाउन खोजिएको छ ।

दिर्घ गुरुङको छायांकन रहने यस चलचित्रमा बसन्त श्रेष्ठ, गम्भीर बिष्ट र सुमित लामा को नूत्य निर्देशन रहनेछ । चलचित्रलाई सुनिल कुमार न्यात्स्यो, बिशाल श्रेष्ठ ,उमेश अधिकारी र मुक्ति अधिकारीले मिलेर निर्माण गर्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu