नेपाली चलचित्र ‘पण्डित बाजेको लौरी’ निर्माण हुने भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको औपचारिक निर्माण घोषणा गरियो । अधृत फिल्मस् प्रा.लीको ब्यानरमा निर्माण हुने चलचित्रलाई दीपक ओलीले निर्देशन गर्दैछन् ।
एउटा सानो गाउँमा पण्डित्याई गर्ने पण्डितहरुको कथामा निर्माण हुन लागेको चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय रहनेछ ।
थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयूक्त रुपमा चलचित्र निर्माण गर्न लागेका हुन् । महेश दवाडीको कथा, पटकथा र संवाद रहने फिल्ममा बिदुर गिरीको छायांकन, मित्र डि. गुरुङको सम्पादन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी रहनेछ ।
फिल्मका गीतमा श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठले संगीत भर्नेछन् । समाजका गहकिला समस्या र घट्नालाई फिल्ममा समेटिने निर्देशक ओलीले जानकारी दिए ।