१७ लाखको विषयमा विपिनले खोले मुख !



भर्सटायल एक्टर विपिन कार्की नेपाली चलचित्रका महंगा नायक समेत हुन् । जसरी उनले एकपछि अर्को चलचित्रबाट सफलताको शिखर चुमिरहेका छन् त्यसरी नै उनको पारिश्रमिक पनि बढ्दो छ । नेपालका कमै नाम चलेका नायकले पाउने पारिश्रमिक अहिले विपिनले सजिलै हात पार्दै आइरहेका छन् । करीब ६ महिना अगाडि उनले, निर्देशक निश्चल बस्नेतले निर्देशन गर्न लागेको चलचित्र ‘फनफनी’मा १७ लाख पारिश्रमिक लिएको खबर बाहिरिएको थियो ।

यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको उनी अभिनीत चलचित्र ‘लालपुजा’को विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘मिडियामा आएको खबर सत्य हो । तर, त्यो मैले करीब ६ महिना अगाडि लिएको थिएँ । अहिले पनि त्यति नै पारिश्रमिक छ होला भन्नु चाहिँ गलत हुनसक्छ ।’

गएको ६ महिनामा आफ्नो पारिश्रमिकमा थप वृद्धि भएको आशय पनि उनी व्यक्त गर्दै थिए । पत्रकारको प्रश्नमा उनले अगाडि भने, ‘स्क्रिप्ट लिएर आउनुहोस् अनि थाहा हुन्छ अहिले कति लिन्छु भनेर ।’

यस्तै, उनले ‘लालपुर्जा’मा आफूले निर्वाहा गरेको भूमिकाबाट दर्शकले मनोरञ्जन लिनेमा विश्वस्त देखिन्छन् । ‘मेरो भूमिका फरक छ । कथावस्तुले मन परेर फिल्म गरेको हुँ । फिल्म हेरुन्जेल दर्शकलाई रमाइलो लाग्छ । यर्थाथ जिन्दगीसँग फिल्म धेरै नजिक छ ।’ विपिनले भने ।

निगम श्रेष्ठले निर्देशन गरेको चलचित्रमा विक्रम सिंह थारु र उमेश श्रेष्ठ निर्माता रहेका छन् । चलचित्रमा दुई दाजुभाइको लालपूर्जाकै कारण उत्पन्न द्वन्द्वलाई देखाउन खोजिएको छ ।

‘लालपुर्जा’मा सौगात मल्ल, विपिन कार्की, मिरुना मगर, मेनुका प्रधान, हरिहर शर्मा, कामेश्वर चौरसिया र कुमार नगरकोटी लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

नेगेटिभ बुद्ध ब्यानरमा निर्माण भएको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu