उद्धव पौड्यालको पूर्णकदको प्रतिमा बनाइने



बरिष्ठ चलचित्रकर्मी उद्धव पौड्यालको पुर्णकदको प्रतिमा निर्माण हुने भएको छ । नेपाल चलचित्र विकास कम्पनी लिमिटेडको २४ औँ बार्षिक साधारणसभाबाट पौड्यालको प्रतिमा निर्माणको प्रस्ताव सर्वसम्मतरुपमा पारित भएको हो ।

नेपाल सरकारबाट विशिष्ट चलचित्रकर्मीद्धारा बिभुषित उद्धव पौड्याल एनएफडिसीका पूर्व अध्यक्ष समेत हुन् । नेपाली चलचित्र निर्माण, प्रदर्शन र वितरणसंगै संचार क्षेत्रमा पौड्यालको संलग्नता छ । एनएफडिसीको प्रेक्षलय परिसरका पौड्यालको प्रतिमा निर्माण हुनेछ ।

नेपाल सरकार मातहतको नेपाल चलचित्र विकास बोर्ड स्थापनामा पौड्यालको महत्वपुर्ण भुमिका रहेको छ । अध्यक्ष उज्वल पौडेलका अनुसार, एनएफडिसीले आफ्ना व्यवसायिक रणनिती परिमार्जित गरेको छ । हाल एनएफडिसीमा चलचित्र छायाँकनका लागि ठूलो स्टुडियो, ग्राफिस र भिएफेक्सका लागि छुट्टै स्टुडियो निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu