‘ह्याप्पी डेज’ को नयाँ प्रदर्शन मिति घोषणा



चलचित्र ‘ह्याप्पी डेज’ अब चैत १६ गतेबाट प्रदर्शनमा आउने पक्का भएको छ । माघ १२ गते बलिउडका दुई ठूला चलचित्र ‘पद्मावती’ र ‘प्याडम्यान’ एकै मितिमा प्रदर्शन हुने भएपछि ‘ह्याप्पी डेज’को रिलिज डेट पोस्टपोन्ड भएको थियो । निर्देशक चाम्सले चलचित्रलाई चैत १६ गते प्रदर्शनमा ल्याइँने औपचारिक घोषणा गरे ।

‘ह्याप्पी डेज’लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । दयाहाङ राई, प्रियंका कार्की, सञ्जय गुप्ता, विक्की जोशी, दीया पुन, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स अभिनित चलचित्रको छायांकन बेलायतमा गरिएको छ ।

‘ह्याप्पी डेज’लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । पैसा कमाउन बेलायत पुगेको एक नेपाली युवकको बैधानिक बसोबासका लागि गर्ने संघर्षको कथा चलचित्रले बोल्छ ।

साढे २ करोडको बजेटमा निर्माण भएको चलचित्रमा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनाल निर्माताका रुपमा रहेका छन् । यो चलचित्रको छायांकन बेलायतका अलावा नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशहरुमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu