‘शेरबहादुर’बाट मेरो परिचय फेरिन सक्छ : सुनिल थापा



माघ १९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘शेरबहादुर’ आफ्नो लागि ‘माइलस्टोन’ सावित हुने कलाकार सुनिल थापाले बताए । मंगलवार राजधानीमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने, ‘जसरी मेरो परिचय ‘राते काइला’ बन्न पुग्यो । त्यसरी नै ‘शेरबहादुर’बाट ‘शेर’ हुन्छ भन्नेमा आशावादी छु ।’

उनले ‘शेरबहादुर’ एक अंग्रेजी चलचित्रबाट प्रभावित भएको पनि स्वीकार गरे । उनले अगाडि भने, ‘हामीलाई धेरै आरोप लागेको छ कि ‘शेरबहादुर’ अंग्रेजी चलचित्रबाट प्रभावित छ । हो, तर दर्शकले चलचित्र हेरेपछि त्यो महशुस गर्नुहुन्न । विल्कुलै फरक बनाएका छौं । यो एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको चलचित्र हो । मेरै वरिपरि फिल्म घुमेको छ । एक अन्धो मानिसको भूमिका मैले निर्वाहा गरेको छु ।’

पत्रकारको प्रश्नमा नायक कर्माले चलचित्रमा आफ्नो भूमिका फरक रहेको बताए । उनी भन्छन्, ‘गुण्डा र लभरव्वाईको भूमिकामा मलाई दर्शकले देखिसक्नुभएको छ । यसमा यी दुवै भूमिका मिश्रित छ ।’ नायिका मेनुका प्रधान र कलाकार रविन्द्र झाले पनि आफूलाई ‘शेरबहादुर’बाट ठूलो आश रहेको बताए ।

यस्तै, फिल्मका सह-निर्देशन प्रदीप भट्टराईले ‘शेरबहादुर’ अंग्रेजी चलचित्रबाट प्रभावित भएपनि दर्शकलाई त्यो महशुस गर्न नपाउने बताए । उनी भन्छन्, ‘हामीले नेपालीपन मिसाएर चलचित्र बनाएका छौं । दर्शक खुसी हुनुहुन्छ भन्नेमा ढुक्क छौं ।’ एक्सन, रोमान्स, ड्रामा समाबेश चलचित्रप्रति निर्माण पक्ष अपेक्षित छन् ।

टीजर हेर्नुहोस् :-

यस चलचित्रको अधिकांश सिन सेटमा खिचिएको निर्माण पक्षको दाबी छ । चलचित्रका निर्देशक आर राजवंशी हुन् भने निर्माताका रुपमा बरिष्ठ छायाँकार गौरीशंकर धुजु र धिराज राजवंशी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu