‘साली कस्को भेनाको’ मुहर्त



नेपाली चलचित्र ‘साली कस्को भेनाको’ मंगलबार चितवनमा मुहर्त गरिएको छ । मुभिङ पिक्चर्स प्रा.लि द्धारा निर्मित चलचित्रको बरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठले क्याल्प ठोकेर मुहर्त गरे । नायिका मरिष्का पोख्रेल र नव-नायक देव सागर बि.सीले ‘मुहर्त सट’ दिएसँगै फिल्मको छायांकन सुरु भएको छ ।

पुराना निर्माता प्रसाद श्रेष्ठको प्रस्तुतीमा चलचित्र बन्दैछ । यो चलचित्र चितवन र धम्पुसका विभिन्न स्थानमा छायांकन गरिनेछ । पुष्प आचार्यको कथा रहको चलचित्रमा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत समावेश छ ।

चलचित्रमा विल्सन विक्रम राई, सुष्मा कार्की, मरिष्का पोख्रेल, देव सागर, रजनी गुरुङ, बुद्धि तामाङ (हैट), रबि गिरी, बिरेन श्रेष्ठ, प्रिया रिजाल, जयनन्द लामा, कविता आले, मिन घलान लगायतको अभिनय रहनेछ ।

मानविय संवेदनामाथि निर्माण हुन लागेको चलचित्र पूर्ण रुपमा पारिवारिक कमेडी कथामा निर्माण हुनेछ । मगर जातीको संकृतिमा साली र भेनाको सम्बन्धलाई चलचित्रमा देखाइनेछ । दिर्घ गुरुङको छायांकन रहने चलचित्रमा बसन्त श्रेष्ठ, गम्भिर विष्ट र सुमित लामाको नृत्य रहनेछ ।

चलचित्रमा द्वन्द्व निर्देशन रबि बराली र प्रकाश कर्मचार्यको रहने छ । विशाल श्रेष्ठ, उमेश अधिकारी र मुक्ति अधिकारीे चलचित्रका निर्माता हुन् । चलचित्रमा लगानी १ करोड माथीको हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu