युट्युबको नेपाल ट्रेन्डिङ एकमा ‘इज इट लभ ?’ (भिडियो)



बहुप्रतिक्षीत नेपाली चलचित्र ‘लिलिबिली’ को ‘इज इट लभ ?’ बोलको गीत युट्युबको नेपाल ट्रेन्डिङ नम्वर एकमा आएको छ । युट्युबमा अपलोड भएको करीब ४० घण्टामा मिलन चाम्स निर्देशित यो फिल्मको गीत पहिलो स्थानमा पुग्न सफल भएको हो ।

युट्युबमा ‘लिलिबिली’ गीतलाई साढे ६ लाख बढी ‘भ्यू’ र १२ हजार लाइक्स मिलेको छ । नेपाली चलचित्रका कमै मात्र गीतले छोटो समयमा यो सफलता पाउने गरेका छन् । कमेन्टमा अधिकांशले लोकेशन र नायक प्रदीप र नव-नायिका जसिता गुरुङको केमेष्ट्रीलाई मन पराएका छन् ।

नेपाल, लन्डन, स्कटल्याण्ड र टर्कीको स्थानबुल छायांकन गरिएको यो चलचित्रमा प्रियंका कार्की, प्रदीप खड्का, जसिता गुरुङ, सविन श्रेष्ठ, अनुपविक्रम शाहीको मुख्य भूमिका छ ।

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भैरहेको चलचित्रमा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । यो चलचित्र बैशाख १४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu