मोफसलका हलमा ‘लालपुर्जा’



सोनम ल्होसारको सार्वजनिक विदालाई लक्षित गर्दै आज बिहीवारबाट मोफसलका हलहरुमा चलचित्र ‘लालपुर्जा’ले आफ्नो प्रदर्शन सुरु गरेको छ । निर्माण यूनिटका अनुसार, भोली शुक्रवारबाट चलचित्र राजधानी भित्रका हलमा प्रदर्शन हुनेछ ।

निगम श्रेष्ठले निर्देशन गरेको चलचित्रमा विक्रम सिंह थारु र उमेश श्रेष्ठ निर्माता रहेका छन् । चलचित्रमा दुई दाजुभाइको लालपूर्जाकै कारण उत्पन्न द्वन्द्वलाई देखाउन खोजिएको छ ।

‘लालपुर्जा’मा सौगात मल्ल, विपिन कार्की, मिरुना मगर, मेनुका प्रधान, हरिहर शर्मा, कामेश्वर चौरसिया र कुमार नगरकोटी लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

नेगेटिभ बुद्ध ब्यानरमा निर्माण भएको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ ।

यो चलचित्रसँगै मोफसलका हलमा आजबाट नायक निखिल उप्रेती स्टारर चलचित्र ‘पिंजडा ब्याक अगेन’ पनि प्रदर्शनमा आएको छ । यो चलचित्र पनि भोलीबाट राजधानीका हलमा प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu