बिहे होला अदिती र अनमोलको ? (भिडियो)



युवा स्टार अनमोल केसी र नव-नायिका अदिती बुढाथोकी अभिनीत बहुप्रतिक्षीत चलचित्र ‘कृ’ यही माघ २६ गतेबाट प्रदर्शनमा आउँदैछ । पोस्टर, ट्रेलर र गीतका कारण यो फिल्मले गजबको हाइप बनाइसकेको छ । यस्तैमा फिल्मको प्रचारका लागि अनमोल र अदितीले मिडियालाई पनि समय दिन थालेका छन् ।

शनिवार ‘ठूलोपर्दा टिभी’सँग कुराकानी गर्दै यो जोडीले जमेरै रमाइलो गरे । के अदिती र अनमोललाई भविष्यमा श्रीमान-श्रीमतीको रुपमा देख्न पाइन्छ ? भन्ने प्रश्नमा अनमोलले भविष्यको कुरा अहिले गर्न नमिल्ने बताए ।

उनी भन्छन्, ‘अहिले हामी बीचमा त्यो बोन्डिङ हुनै सक्दैन पनि कसरी भनुँ अनि भविष्यमा हामी कपल हुन्छौ पनि कसरी भनुँ । त्यो भविष्यमा नै थाहा हुन्छ ।’ उनी अदितीमा श्रीमतीमा हुनु पर्ने गुण भने रहेको बताउँछन् ।

‘एकलौटी छोरी हो । राम्री छ । डिसेन्ट छ । उसमा श्रीमतीमा हुनु पर्ने क्वालिटी छ । रुप अर्को कुरा हो तर उसको मन सफा छ ।’, अनमोलले भने । यस्तै, अदिती पनि अनमोललाई कुनै यूवतीले प्रेमी वा श्रीमानको रुपमा पाए भाग्यमानी हुने बताउँछिन् ।

उनी भन्छिन्, ‘अनमोल धेरै नै राम्रो केटा हो । सोझो छ । डिसेन्ट छ । प्रेमिका होस् वा श्रीमती, उसले खुसी राख्छ ।’ अदिती, अनमोलसँग काम गर्न पाउँदा निकै खुसी देखिन्छिन् ।

सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । चलचित्रमा सुवास गिरी र भूवन केसीको लगानी छ । सुरेन्द्र पौडेलले यो चलचित्रको निर्देशन गरेका हुन् ।

कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रका सह–निर्माता श्री पराजुली हुन् । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu