‘हुर्रे’ गीतमा नीताको आइटम डान्स (भिडियो)



फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘हुर्रे’को ‘बाचेनी पशुपति, मरेनी पशुपति’ बोलको गीत सार्वजनिक भएको छ ।

आइतवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण यूनिटले नायिका नीता ढुंगाना फिचरिङ गीतको भिडियो सार्वजनिक गरेको हो ।

काली प्रसाद बाँस्कोटा र एकतारेको शब्द रहेको गीतमा कालीकै संगीत रहेको छ । गीतमा जुमा लिम्बु र गीतकार तथा संगीतकार कालीप्रसादको स्वर सुन्न सकिन्छ ।

धार्मिक स्थल पुशपति क्षेत्रमा खिचिएको भिडियोमा नायिका नीतासँगै अंकित खड्का, राजाराम पौडेल लगायतका कलाकारहरुले पनि ठुम्का लगाएका छन् । भिडियोका कारियोग्राफर विक्रम स्वाँर हुन् ।

पहिलो पटक नायिका ढुंगानाले आइटम डान्स गरेकी हुन् । यम थापाको लेखन निर्देशनमा बनेको कमेडी जनराको फिल्ममा केकी अधिकारी, अनुपबिक्रम शाही, संगीता नापित लगायतका कलाकारहरुको पनि मुख्य भूमिका छ ।

दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको निर्माणमा बनेको फिल्मलाई चन्दन दत्तले सम्पादन गरेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu