पूजालाई लिएर सुदर्शनले ‘रामकहानी’ बनाउँदै



लभस्टोरी चलचित्र निर्देशकको रुपमा आफ्नो छुट्टै परिचय बनाएका निर्देशक सुदर्शन थापाले नयाँ चलचित्रको निर्माण घोषणा गरेका छन् । यस वर्ष प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘म यस्तो गीत गाउँछु’का निर्देशक थापाले नायिका पूजा शर्मालाई मुख्य भूमिकामा अनुवन्धित गर्दै ‘रामकहानी’ घोषणा गरेका छन् ।

यो चलचित्रमा पूजाको पनि लगानी रहनेछ । फागुन १ गतेबाट फ्लोरमा जाने यो चलचित्र कमेडी लभस्टोरी जनरामा निर्माण हुने निर्देशक थापाले जानकारी दिए ।

चलचित्रमा पूजासँगै हास्यकलाकारहरु केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), विल्सन विक्रम राई (तक्मे बुढा), रविन्द्र झा लगायतका कलाकारहरुको अभिनय रहनेछ । यो चलचित्रका लागि केदारले १० लाख र जितुले ७ लाख पारिश्रमिक बुझेको चर्चा छ ।
दिनेश न्यौपाने र महेश दवाडीको स्क्रिप्ट रहेको ‘रामकहानी’मा अर्जुन पोखरेलको संगीत र सौरभ लामाको छायांकन रहनेछ । चलचित्रका लागि नायकको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu