‘फेरि–फेरि’ मा अर्पण र ऋचाको जोडी



नायक अर्पण थापा र नायिका ऋचा शर्माको मुख्य भूमिका रहने चलचित्र ‘फेरि–फेरि’ को औपचारिक निर्माण घोषणा गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्र शुभ मुहूर्त गरियो ।

माता बसुन्धारा मुभिज प्रा.लिको ब्यानरमा निर्माण हुने चलचित्रमा अर्पण र ऋचाका अलावा लय संग्रौला, ओमप्रितिक गुरुङ, पुरन थापा, ध्रव कोइराला, धर्मेन्द्र आचार्य लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

पुरन थापाको लेखन र निर्देशन रहने चलचित्रलाई निरज थापाले निर्माण गर्न लागेका हुन् । कमेडी जनरामा बन्ने यो फिल्मलाई निर्देशक थापा नारीप्रधान भन्न रुचाउँछन् । निर्देशक पुरनले नेपालमा पहिलो पटक भित्रिएको रेड इपिक डब्लू हेलियम एट के क्यामेराले चलचित्र खिचिने जानकारी दिए ।

चलचित्रमा सुरेश बज्राचार्यको छायांकन, एनबि महर्जनको द्वन्द्व, रामजी लामिछाने र सुरन बसेलको नृत्य, विकास चौधरी र पुरन थापाको संगीत र विपिन मल्लको सम्पादन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu