‘कान्छी’ को ट्रेलर सार्वजनिक (भिडियो)



नायिका श्वेता खड्का र नायक दयाहाङ राई स्टारर चलचित्र ‘कान्छी’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्र कलरफूल ट्रेलर सार्वजनिक गरियो । २ गीत सार्वजनिक भएसँगै एकाएक चर्चामा आएको यो चलचित्रको ट्रेलर धेरैका लागि प्रतिक्षामा थियो ।

फागुन ४ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई श्वेता आँफैले निर्माण गरेकी हुन् । श्वेताले चलचित्रमा ‘कान्छी’को भूमिका निर्वाह गरेकी छिन् । चलचित्रका निर्देशक आकाश अधिकारी हुन् ।

पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । चलचित्रमा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ ।

ग्रामीण भेगकी कान्छीको कथा बोल्ने चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu