कन्फर्म : ‘रामकहानी’मा पूजासँग आकाशले रोमान्स गर्ने



सुदर्शन थापाले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘रामकहानी’ मा नायिका पूजा शर्माका लागि नायक भेटिएको छ । फागुन १ गतेबाट फ्लोरमा जान लागेको यो चलचित्रमा पूजासँग ‘म त तिम्रै हुँ’बाट डेब्यु गरेका नायक आकाश श्रेष्ठले रोमान्स गर्ने फाइनल भएको छ । केही महिनादेखि सुदर्शन र पूजा राम्रो नाच्न जान्ने नायकको खोजीमा थिए ।

चलचित्रमा सुदर्शनको निर्देशनसँगै लेखन र निर्माण पनि रहनेछ । पूजा पनि फिल्मकी निर्मात्री हुन् । कमेडी लभस्टोरी जनरामा निर्माण हुने ‘रामकहानी’मा आकाश, पूजाको अपोजिटमा देखिनेछन् । आकाशको ‘तिमीसँग’ नामक चलचित्र प्रदर्शनको तयारीमा छ ।

चलचित्रमा पूजा र आकाशसँगै हास्यकलाकारहरु केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), विल्सन विक्रम राई (तक्मे बुढा), रविन्द्र झा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

दिनेश न्यौपाने र महेश दवाडीको स्क्रिप्ट रहेको ‘रामकहानी’मा अर्जुन पोखरेलको संगीत र सौरभ लामाको छायांकन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu