‘आई एम सरी’ लाई युट्युबमा करोड ‘भ्यू’ (भिडियो)



नेपाली चलचित्र ‘फाटेको जुत्ता’ मा रहेको ‘आई एम सरी’ बोलको गीतलाई अनलाइन भिडियो शेयरिङ्ग प्लाटफर्म युट्युबमा एक करोड बढि पटक हेरिएको छ ।

यो गीतमा सौगात मल्ल र प्रियंका कार्की प्रमुख छन् भने उनिहरुसँगै कामेश्वर चौरासिया र अनोज पाण्डे पनि देखिएका छन् ।

गीतमा प्रवेश मल्लिकको स्वर, शब्द र संगीत छ । निरज कँडेलले खिचेको गीतमा राजीव समरको कोरियोग्राफी रहेको छ । कार्तिक १७ गते प्रदर्शनमा आएको चलचित्र ‘फाटेको जुत्ता’ले नेपालबाटै लगानी सुरक्षित गरेको थियो ।

अर्जुन कुमार फिल्मसको व्यानरमा निर्मित ‘फाटेको जुत्ता’लाई अर्जुन कुमारले निर्माण गरेका हुन् । कमेडी जनराको यस सिनेमामा निकेश खड्काको निर्देशन छ ।

यस्तै, हालैमात्र निर्देशक सुदर्शन थापा निर्देशित तथा नायिका पूजा शर्मा र नायक पल शाह अभिनीत फिल्म ‘म यस्तो गाीत गाउँछु’को ‘किन आजकाल’ बोलको गीतले पनि युट्युवमा करोड ‘भ्यूअर्स’ पाएको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu