‘गरुड पुराण’ घोषणा, यी छन् कलाकार



चलचित्र ‘गरुड पुराण’ निर्माण हुने भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको घोषणा गरिएको छ । सुशन प्रजापति र सुवास कोइरालाले चलचित्रलाई संयुक्त रुपमा निर्देशन गर्दैछन ।

कमेडी जनरको यस चलचित्रमा कर्मा, कामेश्वर चौरसिया, प्रविन खतिवडा, नाजिर हुसेन लगायतको कलाकार रहनेछन् । यसै चलचित्रमार्फत नायिकाको रुपमा प्रियंका सिंह ठकुरीले डेब्यु गर्दैछिन् ।

चलचित्रमा लुनिभा तुलाधर, प्रकाश घिमिरे, बसन्त भट्ट, नरेश पौडेल लगायतका कलाकारको पनि अभिनय रहनेछ । चलचित्रका प्रस्तुतकर्ता सुशन प्रजापति रहेका छन् ।

अजित फिल्म्स ब्यानरमा निर्माण हुने चलचित्रमा अशोक गौतम फिल्म्स पनि एसोसिएट रहेको छ । चलचित्रको छायांकन काठमाण्डौ तथा आसपासका क्षेत्रमा हुनेछ ।

चलचित्रलाई सुशनले नै खिच्नेछन् भने यसमा कसम नेपालको कथा तथा आकाश बराल, बिनोद खतिवडा, सुवास कोइरालाको पटकथा र आकाश बरालको संवाद रहेको छ । अजित प्रजापति निर्माता रहेको ‘गरुड पुराण’ का सह-निर्माता अशोक गौतम रहेका छन् ।

चलचित्रको सम्पादन उज्वल ढकालले गर्नेछन । चलचित्रमा विभिन्न पात्रको भोगाईलाई देखाइने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu