‘पञ्चेबाजा’ ट्रेलरमा सौगात र कर्माको द्वन्द्व (भिडियो)



नेपाली चलचित्र ‘पञ्चेबाजा’ को ट्रेलर रिलिज भएको छ । बुधवार काठमाण्डौको क्यूज हलमा आयोजना भएको कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । फागुन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको नायक द्वय सौगात मल्ल र कर्मा शाक्य स्टारर यो चलचित्रको ट्रेलरमा एक्सन, लभ तथा बदलाको कथा पस्किएको छ ।

चलचित्र ‘लुट’, ‘लुट २’ र ‘लुकामारी’ मा एकसाथ काम गरेका सौगात र कर्मा पुनः एकसाथ देखिएका छन् । यो चलचित्रका निर्देशक घनश्याम लामिछाने हुन् । न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको ‘पञ्चेबाजा’मा राजेश शाहीको लगानी छ ।

फिल्ममा जस्मिन श्रेष्ठ, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी, राजेश शाही लगायतका कलाकारहरुको पनि अभिनय छ ।

एक गाउँका तीन पात्रको कथा चलचित्रमा प्रस्तुत गरिएको निर्देशक लामिछानेले बताए । नायक सौगातले ‘पञ्चेबाजा’ आफूले गर्दै आइरहेको चलचित्रभन्दा फरक रहेको बताए ।

यस्तै, कर्माले कथावस्तु मन परेका कारण चलचित्रमा काम गरेको बताउँदै चाँडै रियलमा पनि पञ्चेबाजा बजाउने सोच रहेको खुलाए ।

सारा गुरुङ सह(निर्माता रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पार्श्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu