नेपालमा पनि ‘पद्मावत’ लाई सोलो रिलिज



बलिउड स्टार अक्षय कुमार अभिनीत चलचित्र ‘प्याडम्यान’ को रिलिज पोस्टपोन्ड भएपछि भारतमा सोलो रिलिजको मौका पाएका बहुप्रतिक्षीत चलचित्र ‘पद्मावत’ आज बिहीवारबाट प्रदर्शनमा आएको छ । नेपालमा पनि यो चलचित्रले आजबाटै प्रदर्शन सुरु गरेको छ ।

भारतमा मात्र होइन भोली शुक्रवारबाट प्रदर्शनमा आउने कन्फर्म भएको नायक दयाहाङ राई र नायिका प्रियंका कार्की स्टारर नेपाली चलचित्र ‘ह्याप्पी डेज’ को रिलिज डेज पोस्टपोन्ड हुँदा ‘पद्मावत’ ले नेपालमा पनि सोलो रिलिजको अवसर पाएको छ ।

यो चलचित्रसँग जुध्न यो हप्ता कुनै पनि नेपाली चलचित्र मैदानमा छैनन् । ‘पद्मावत’ ले नेपालका अधिकांश मल्टिप्लेक्समा सर्वाधिक शो पाएको छ । फिल्मले ६० बढी सिंगल स्क्रिन्स समेत पाएको छ ।

शाहिद कपूर, दीपिका पादुकोण र रणवीर सिंहको मुख्य भूमिका रहेको ‘पद्मावत’ लाई सञ्जय लीला भंसालीले निर्माण र निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu