समाचारमा आए झैँ नेपाली चलचित्रको व्यापार छैन : चलचित्र संघ



नेपाल चलचित्र संघको ४५ औँ बार्षिक साधारण सभा आगामी चैत्र ६ गते बुटवलमा हुने भएको छ । बुधवार चलचित्र संघको केन्द्रिय कार्यलय विशालनगरमा बसेको कार्यसमिती बैठकले ४५ औँ साधारण सभा बुटवलमा गर्ने निर्णय सर्वसम्मतले पारित गर्दै कार्यसमिती सदस्य कपिल प्रसादको संयोजकत्वमा साधारण सभालाई सभ्य र भव्य बनाउनको लागि ७ सदस्यीय साधारण सभा तयारी समिती गठन गरिएको छ ।

यस्तै, बुधवार बसेको कार्यसमिती बैठकले अहिले हरेक चलचित्रले अत्याधिक रुपमा ब्यापार भएको गलत समाचार सम्प्रेषण प्रति संघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । संघले अहिले सञ्चार माध्यमका समाचार सम्प्रेषण भए अनुरुप नेपाली चलचित्रको व्यापार नभएको निष्कर्ष निकालेको छ ।

भोलीका दिनमा यस्ता किसिमका अनर्गल प्रचार-प्रसारले नेपाली चलचित्र क्षेत्रलाई प्रतिकुल असर पर्ने भन्दै आजैदेखि यस्ता किसिमका झुट प्रचार अन्त्य गरी चलचित्रको सत्यतथ्य र यथार्थपरक ब्यापारिक रिर्पोट मात्रै सञ्चार माध्यममा सम्प्रेण गरिदिन चलचित्र संघका वितरक सदस्यहरुलाई अनुरोध गरेको संघका अध्यक्ष प्रदिप कुमार उदयले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu