अब नेपालमा बक्स अफिस लागू हुने



लामो समयदेखि चर्चा र बहसको विषय बनेको बक्स अफिस प्रणाली अब नेपालमा लागू हुने भएको छ । बिहीवार चलचित्र विकास बोर्डका सदस्य तथा बक्स अफिस कार्यान्वयन समितीका संयोजक नरेन्द्र महर्जनको अध्यक्षतामा बसेको बैठकले प्राविधिकहरुसँगको छलफल पश्चात वर्ष २०७५ को साउन १ गतेबाट नेपालमा बक्स अफिस लागू गर्ने निर्णय गरेको छ ।

आउँदो बर्षको वैशाख १ गतेबाट बक्स अफिस परिश्रण गरिने बोर्ड सदस्य महर्जनले जानकारी दिए । यस्तै, आउँदो बर्षको माघ १ गतेबाट उपत्यका बाहिरका हलमा बक्स अफिस कार्यान्वयन गर्ने निर्णय भएको छ ।

बैठकले सोही अनुसार बक्स अफिस जडान गर्ने कम्पनी ‘व्रेन डिजिट इट सोलुशन’ लाई जडानका लागि निर्देशन पनि दिएको छ ।

बक्स अफिस कार्यान्वयन समितीको सदस्यहरुमा नेपाल चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदय, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कपिल पराजुली र प्रभाकर भट्टराइ छन् ।

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल द्वारा जारी प्रेस विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu