हट पहिरनमा वर्षा, भन्छिन्, ‘राम्री हुन मन लाग्यो’



नायिका वर्षा सिवाकोटी पहिले-पहिले डिजाइनरको पहिरनमा खासै ध्यान दिन्थिनन् । नायिकाहरु, बुटिक धाउदा पनि वर्षा आफ्नै रोजाइका पहिरन लगाइरहेकी थिइन् । तर, अब उनी डिजाइनर र बुटिकमा बढी जान थालेकी छिन् । यसको पछाडिको मुख्यकारण हो, वर्षा को सार्वजनिक कार्यक्रममा बढ्दो उपस्थिती ।

बिहीवार काठमाण्डौको अन्नपूर्ण होटलमा नायिका वर्षा सिवाकोटीको पहिरनको खुबै चर्चा भयो । चलचित्र ‘रानीमहल’ को घोषणा सभामा वर्षा निकै ‘हट’ भएर उपस्थित भएकी थिइन् ।

प्रायः फिल्मको कार्यक्रममा सिम्पल पहिरनमा पुग्ने वर्षालाई खोई जाडोमा किन यति बोल्ड हुने रहर जाग्यो ? सायद उनी अब परिवर्तन हुन चाहन्छिन् ।

पत्रकारको एक प्रश्नमा उनले भनिन्, ‘यहाँ सबैजना यति राम्रा-राम्रा व्यक्तिहरु हुनुहुन्छ त्यसैले आफू पनि राम्री हुन मन लाग्यो ।’ वर्षाको फिल्म ‘रानीमहल’ मा मुख्य भूमिका छ ।

फाटो : विवेक बस्याल

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu