डबिङमा ‘शत्रु गते’



चलचित्र ‘शत्रु गते’ को यतिबेला धमाधम डबिङ भईरहेको छ । मल्टिमेट प्रोडक्सनमा फिल्मका मुख्य कलाकार मदनकृष्ण श्रेष्ठले शुक्रबार आफ्नो भागको डबिङ सकाएका छन् । मदनकृष्णसँगै किरण केसीले पनि आफ्नो केही सिनको डबिङ सकाएका छन् ।

यसअघि नै पल शाहले आफ्नो ७० प्रतिशत डबिङ सकाईसकेका छन् । दीपाश्री निरौलाले पनि आफ्नो डबिङ भ्याइसकेकी छन् । अब आँचल शर्मा, प्रियंका कार्की, शिवहरि पौडेल र दीपकराज गिरीको डबिङ हुन बाँकी छ ।

यो चलचित्रमा समावेश ‘रुपै मोहनी’ बोलको गीतले अहिले बजारमा धुम मच्चाइरहेको छ । हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारहरुको उपस्थिति भएकै कारण पनि चलचित्रको हाइप बढ्दो छ ।

डेब्यु फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा आएका प्रदीप भट्टराईले यस चलचित्रलाई निर्देशन गरेका छन् ।

तराई र काठमाण्डौमा छायांकन गरिएको यस चलचित्रलाई दर्शकले चैत्र ९ गते हेर्न पाउनेछन् । चलचित्रलाई मह सञ्चारले निर्माण गरेको हो भने यसको प्रस्तुतकर्ता किरण केसी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu