रोमान्स गर्न अनमोल र अदिती उडे स्कटल्याण्ड



‘कृ’ रिलिजको पूर्व सन्ध्यामा नायक अनमोल केसी, नायिका अदिती बुढाथोकीलाई लिएर स्कटल्याण्ड उडेका छन् । चलचित्रमा समावेश एक रोमान्टिक गीत खिच्नका लागि उनीहरु शुक्रवार साँझ स्कटल्याण्ड प्रस्थान गरेका हुन् ।

अनमोल र अदितीसँगै निर्माता द्वय भुवन केसी र सुबास गिरी, निर्देशक सुरेन्द्र पौडेल, छायाँकार पुरुषोत्तम प्रधानसहित फिल्मको जम्बो टिम स्कटल्याण्ड जाने टिममा समावेश छन् । उक्त टिममा लामो समयदेखि भुवनसँग ‘लिभिङ टूगेदर’ मा रहँदै आइरहेकी जीया केसी पनि छिन् ।

माघ १७ गते यो टिम काठमाडौं फर्किदैछ । निर्माता तथा नायक केसीले कथाको माग अनुसार नै फिल्मको ‘मैले जानी नजानी’ बोलको गीत विदेशमा खिच्न लागिएको जानकारी दिए । यो चलचित्र माघ २६ गते प्रदर्शनमा आउँदैछ ।

सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रका सह–निर्माता श्री पराजुली हुन् ।

चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu