‘साढे ७’ ट्रेलरमा सत्यको तनाव (भिडियो)



थ्रीलर ड्रामा ‘साढे ७’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । राजनीतिक आन्दोलन रिपोर्टिङका लागि तराई पुगेको एक फोटो पत्रकारको भौतिक र मनोवैज्ञानिक द्धन्द्ध चलचित्रको कथावस्तु हो । गायक समेत रहेका सत्यराज आचार्य चलचित्रका प्रमुख कलाकार हुन् ।

सत्यसहित मेनुका प्रधान, सुनिल थापा, कामेश्वर चौरासिया, सुप्रिया कट्वाल, शिशिर बाङ्देल कलाकार छन् । यो चलचित्रलाई साम्तेन भुटियाले लेखन एवं निर्देशन गरेका हुन् ।

सुनिल थापा, सत्यराज, स्वरुपराज आचार्य, नरेशदेव पन्त, डिजे सन्तोष र साम्तेन भुटिया निर्माता हुन् । फागुन ११ गते यो चलचित्र रिलिज हुँदैछ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu