रजनीका लागि ‘पटुकी’ विशेष



माघ १९ गतेलाई प्रदर्शन मिति फाइनल गरिएको नेपाली चलचित्र ‘पटुकी’ ले आफ्नो प्रचार-प्रसारलाई तिव्रता दिएको छ । ‘पटुकी’ बोलको गीतबाट कारण पनि चर्चामा रहेको यो चलचित्रबाट नायिका रजनी केसी निकै आशावादी छिन् । उनले ‘पटुकी’ लाई ‘परदेशी’ पछिको आशातित चलचित्रको रुपमा हेरेको बताइन् ।

शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भनिन्, ‘पटुकी’ मा मैले काम गर्न चाहेको भूमिका निर्वाहा गरेको छु । चलचित्र राम्रो बनेको छ । दर्शकको साथ मिल्नेमा ढुक्क छु । प्रेम गर्नेहरुका लागि अझ यो चलचित्र विशेष हुन्छ ।’

निर्माता एवं कलाकार म्याक्टेन कालुले ‘पटुकी’ मा नारीप्रधान कथा समेटिएको बताए । उनी भन्छन्, दर्शकले हाँसोसँगै सामाजिक सन्देश पनि पाउनुहुनेछ ।’

यस्तै, नव-नायक जेम्स विसी चलचित्रको कथावस्तुबाट आफू प्रभावित भएको सुनाउँछन् । जेम्स भन्छन्, ‘हामीले जस्तो सोचेका थियौं चलचित्र पनि सोही अनुसार बनेको छ । एक्सन, रोमान्स, विछोड, रोदन जस्ता सबै कुरा ‘पटुकी’ मा छ ।’

‘पटुकी’ मा रजनी केसी, जेम्स विसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतको मुख्य अभिनय छ ।

चलचित्रमा राजनराज सिवाकोटीको संगीत, माक्तेन कालुको शब्द, अभिषेक पौडेलको सम्पादन, सानु कुमार महर्जनको द्वन्द, शिव वि.कको करियोग्राफी र लक्ष्मण घिमिरेको छायांकन छ । राम नेपाल चलचित्रका निर्देशक हुन् ।

म्याक्टेन कालुको निर्माणमा बनेको यस चलचित्रका सह–निर्मातामा बिर्जन मिजार र कार्यकारी निर्मातामा शिता मिजार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu