वर्षाको फिल्ममा प्रियंका भित्रिइन्



एकपछि अर्को चलचित्रमा साथसाथ काम गरिरहेका नायिका द्वय वर्षा राउत र प्रियंका कार्की फेरि एक चलचित्रमा सँगै देखिने भएका छन् । ‘छक्का पञ्जा’, ‘फाटेको जुत्ता’ हुँदै अब यी दुई अभिनेत्रीलाई नायक शिव श्रेष्ठको निर्माणमा बन्न लागेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मा देख्न पाइने भएको छ ।

यसअघि यो चलचित्रमा वर्षासँगै नायक द्वय संजोग कोइराला र नरेन खड्का अनुवन्धित भएका थिए । हालसालै निर्माण टिमले प्रियंकासँग औपचारिक सम्झौता गरेको छ । यस्तै, चलचित्रमा दीलिप रायमाझी, भुवन केसी, करिश्मा मानन्धर, निरुता सिंह लगायतका कलाकारहरुको पनि अभिनय रहने स्रोत बताउँछ ।

अहिलेसम्म दीलिपसँग मात्र औपचारिक सम्झौता भएको खबर छ । निर्माता श्रेष्ठले ‘एउटा यस्तो प्रेम कहानी’ को एक लोकलय गीतमा पुराना धेरै कलाकारलाई जम्काभेट गराउने तयारीमा छन् ।

प्रियंकासँगै हास्यकलाकार किरण केसी पनि चलचित्रमा अभिनय रहनेछ । निर्देशक दिपेश सापकोटा भन्छन्, ‘हामीले नारीप्रधान चलचित्र बनाउन लागेका हौं । तीनवटा फरक लभस्टोरीलाई चलचित्रमा देखाउन खोजिएको छ ।’ चलचित्रको मेजर रोलमा वर्षा, प्रियंका र बिष्णु चेम्जोंग रहनेछन् ।

शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रलाई यशोदा राई र दिनेश दर्शनधारीले संयूक्त रुपमा निर्माण गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu