‘शेरबहादुर’ लाई सेन्सर बोर्डले दियो पिजी सर्टिफिकेट



शुक्र​वार​ रिलिज​मा आउन लागेको नेपाली चलचित्र​ ‘शेरबहादुर’​ सेन्सर पास भएको छ । चलचित्रलाई सेन्सर बोर्डले प्यारेन्टल गाइडलाइन्स सर्टिफिकेट अर्थात्, पिजी सर्टिफिकेट दिएको छ । १६ वर्ष उमेर मुनीकाले अब चलचित्र हेर्न अभिभावक लिएर जानु पर्ने हुन्छ । ‘शेरबहादुर’​ २ घण्टा ६ मिनेट लामो छ ।

यो चलचित्र सामाजिक मर्यादा बोकेको पात्रमा केन्द्रित छ । ‘शेरबहादुर’को भूमिका सुनिल थापाले निर्वाह गरेका छन् । ‘शेरबहादुर’ एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको चलचित्र हो । चलचित्रमा सुनिल थापा, कर्मा, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ ।

‘शेरबहादुर’लाई आर राजवंशीले निर्देशन गरेका हुन् । धिराज प्रोडक्सनको व्यानरमा निर्मित यो चलचित्रमा प्रमोद क्षेत्रीको कथा छ । यो चलचित्रको करीब ८० प्रतिशत छायांकन एक भव्य सेट खडा गरेर खिचिएको हो ।

गौरीशंकर धुनुजु र धिराज राजवंशीको लगानी रहेको चलचित्रमा कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको छ । ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईको सह-निर्देशन रहेको चलचित्रका सिनेम्याटोग्राफर दीर्घ गुरुङ हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu