चैत ३० मा फर्कियो प्रदीपको ‘लिलिबिली’



बलिउडको बहुप्रतिक्षीत चलचित्र ‘२.०’ को रिलिज डेट पोस्टपोन्ड भएपछि अब युवा स्टार प्रदीप खड्का अभिनीत चलचित्र ‘लिलिबिली’ चैत ३० मै प्रदर्शनमा आउने भएको छ ।

यसअघि ‘२.०’ यो मितिमा आउने भएपछि ‘लिलिबिली’ बैशाख १४ पुगेको थियो । निर्माता गोविन्द शाहीले चलचित्रको रिलिज डेट पुरानै रहेको जानकारी दिए ।

‘लिलिबिली’ बैशाख १४ मा नआउने भएपछि अब केकी अधिकारी द्वारा निर्मित तथा अभिनीत चलचित्र ‘कोहलपुर एक्सप्रेस’ सोलो रिलिज हुने सम्भावना बढेको छ ।

यस्तै, चैत ३० मा आउन लागेको नायक नायक दयाहाङ राई अभिनीत चलचित्र ‘नेप्टे’ लाई भने अब ‘लिलिबिली’ ले मुश्किलमा पारेको छ ।

‘प्रेमगीत’ र ‘प्रेमगीत २’ बाट बलियो फ्यान क्रेज बनाएका प्रदीपले ‘लिलिबिली’ मा प्रियंका कार्की र जसिता गुरुङसँग रोमान्स गरेका छन् । यो फिल्मका निर्देशक मिलन चाम्स हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu