शुशिलको ‘तुँवालो’ पोष्टर सार्वजनिक



जिएस मुभि मेकर्सको निर्माण एवं लुम्बिनी मुभि मेकरको प्रस्तती चलचित्र ‘तुँवालो’ को फष्ट लुक पोष्टर सार्वजनिक भएको छ । चलचित्रले दलित समुदाय भित्रको दलित र भेदभावको कथा बोकेको निर्माता गिरी प्रसाद सुनारले बताएका छन् । साथै, बैदेशिक रोजगारको कथालाइ पनि चलचित्रले समेटेको निर्माता सुनार बताउछन् ।

दिपक परियारको निर्देशन रहेको ‘तुँवालो’ मा शुशिल क्षेत्री, पुजा पराजुली, रमेश आब्जु, सुरेन्द्र बराल, रस्मि भट्ट, गिरी प्रसाद सुनार, भिमसेन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई भिमसेन श्रेष्ठ, गिरीप्रसाद सुनार र रमेश आब्जुको निर्माण रहेको छ । बिभिन्न स्थानमा च्यारीटी शोको तयारी गरिरहेको यो चलचित्रको रिलिज मिति भने तय गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu