विरामी चलचित्रकर्मीलाई बोर्डको सहयोग



चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘चलचित्रकर्मी कल्याणकारी कोष’ ले चलचित्रकर्मीहरुलाई सहयोग गरेको छ । चलचित्रकर्मी तथा साहित्यकार हरि प्रसाद रिमाल, वरिष्ठ चलचित्रकर्मी जयनेन्द्र चन्द्र ठाकुर र चलचित्र लेखक तथा निर्देशक मौनता श्रेष्ठलाई बोर्डकी नवनियुक्त अध्यक्ष निकिता पौडेलले सोमबार निवासमै पुगेर चार महिनाको मासिक भत्ता प्रदान गरिन् ।

यस्तै, मिर्गौला रोगबाट पीडित वरिष्ठ मेकअप आर्टिस्ट इन्द्र लामालाई पनि बोर्डको ‘चलचित्रकर्मी कल्याणकारी कोष’ बाट भत्ता तथा सहयोग रकम उपलब्ध गराइएको छ ।

नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको समन्वयनमा बोर्ड अध्यक्ष पौडेलसहितको टिमले लामाको उपचारका लागि १ लाख सहयोग प्रदान गरिएको हो ।

बोर्डमा अध्यक्ष रित्त भएपछि विगत चार महिनादेखि चलचित्रकर्मीहरुले बोर्डबाट प्राप्त गर्दै आएको सहयोग रकम रोकिएको थियो । बोर्ड अध्यक्ष निकिताले फिल्म क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने चलचित्रकर्मीहरुको सम्मान, सहयोग र सद्भावलाई आत्मसाथ गर्दै आफू अगाडि बढ्ने प्रतिवद्धता जनाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu