रिलिज अगाडि नै ‘कान्छी’ गीतको रेकर्ड (भिडियो)



फागुन ४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको प्रतिक्षीत चलचित्र ‘कान्छी’ ले युट्युबमा नयाँ रेकर्ड बनाएको छ । चलचित्रमा समावेश ‘चरी चट्ट परि’ बोलको गीतलाई युट्युबमा एक करोडभन्दा बढी पटक हेरिएको छ ।

रिलिज अगाडि नै कमै चलचित्रका गीतले मात्र युट्युबमा करोड भ्यूअर्स पाउने गरेका छन् । इन्टरनेट रिलिजको दुई महिनामा ‘कान्छी’ गीतले युट्युबमा करोड दर्शक पाएको हो ।

राजनराज सिवाकोटीको संगीत र शब्द रहेको यो गीतमा राजन र गायिका अन्जु पन्तको स्वर छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार स्वेता खड्का, दयाहाङ राई, भूमिका श्रेष्ठ, प्रज्वल सुजल गिरीलाई फिचरिङ गरिएको छ ।

पुरुषोत्तम प्रधानले खिचेको गीतमा बसन्त श्रेष्ठको कोरियोग्राफी छ । आकाश अधिकारीले चलचित्रको निर्देशन गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu