‘शेरबहादुर’ को बारेमा यस्तो भन्छन् हास्यकलाकार (भिडियो)



माघ १९ गतेबाट देशव्यपी प्रदर्शनमा उत्रिन लागेको नेपाली चलचित्र ‘शेरबहादुर’ हेर्न हास्यकलाकारहरुले दर्शकलाई आग्रह गरेका छन् । महजोडीका बरिष्ठ कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले चलचित्रलाई शुभकामना दिँदै नेपालमा ‘शेरबहादुर’ जस्तो फिल्म बन्न सकेकोमा खुसी व्यक्त गरे ।

मदनकृष्ण र हरिबंश भन्छन्, ‘चलचित्रका निर्माता गौरी शंकर धुजु नेपाली फिल्म क्षेत्रमा ४० बर्ष देखि लगातार सक्रिय छन् । अनुभवको हिसाबले ४ दशक पार गरिसकेका गौरी शंकरले निर्माण गरेको ‘शेरबहादुर’ नेपाली दर्शकहरुको लागि एक अब्बल चलचित्र हुनेछ ।’

हास्कलाकार द्वय दीपकराज गिरी र दीपाश्री निरौलाले पनि राम्रो चलचित्रको प्रतिक्षामा रहेका दर्शकहरुले ‘शेरबहादुर’ हेर्दा राम्रो हुने बताएका छन् ।

यस्तै, फिल्म ‘शत्रु गते’ का निर्माता तथा प्रस्तुतकर्ता किरण केसीले आफूले कहिल्यै निर्माण गर्न नसकिने जनराको चलचित्र ‘शेरबहादुर’ रहेको बताए । उनी भन्छन्, ‘नेपाली चलचित्र राम्रा हुँदैनन् र नेपाली चलचित्र हेर्नै मन लाग्दैनन् भने दर्शकहरुले एक पटक ‘शेरबहादुर’ हेर्न आग्रह गर्छु ।’

चलचित्रलाई आर राजवंशीले निर्देशन गरेका हुन् । धिराज प्रोडक्सनको व्यानरमा निर्मित यो फिल्ममा प्रमोद क्षेत्रीको कथा छ । चलचित्रमा गौरीशंकर धुनुजु र धिराज राजवंशीको लगानी रहेको छ ।

भिडियो :-

‘शेरबहादुर’ एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको चलचित्र हो । चलचित्रमा बरिष्ठ कलाकार सुनिल थापा, कर्मा, रविन्द्र झा, मेनुका प्रधान लगायतका कलाकारहरुको प्रमुख भूमिका छ ।

‘जात्रा’ निर्देशक प्रदीप भट्टराईको सह-निर्देशन रहेको चलचित्रका सिनेम्याटोग्राफर दीर्घ गुरुङ हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu