‘शत्रु गते’ को ‘पिरतीको बर्को’ गीत रिलिज (भिडियो)



बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रु गते’ को दोस्रो गीत सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रमा समावेश ‘पिरतीको बर्को’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतले प्रेमभाव बोल्छ । जहाँ पल र आंचल फिचरिङमा छन् ।

काली प्रसाद बाँस्कोटाको संगीत र स्वर रहेको गीतको शब्द अर्जुन भट्टराईले लेखेका हुन् । सुन्दर लोकेशनमा खिचिएको गीत आकर्षक देखिएको छ ।

हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारहरुको उपस्थिति भएकै कारण पनि चलचित्रको हाइप बढ्दो छ ।

डेब्यु फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा आएका प्रदीप भट्टराईले यस चलचित्रलाई निर्देशन गरेका छन् ।

भिडियो :-

तराई र काठमाण्डौमा छायांकन गरिएको यस चलचित्रलाई दर्शकले चैत्र ९ गते हेर्न पाउनेछन् । चलचित्रलाई मह सञ्चारले निर्माण गरेको हो भने यसको प्रस्तुतकर्ता किरण केसी रहेका छन् ।

यो चलचित्रमा समावेश ‘रुपै मोहनी’ बोलको गीतले अहिले बजारमा धुम मच्चाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu