चलचित्र ‘फल्ट’ घोषणा



इञ्जोय मुभिजको व्यानरमा नयाँ चलचित्र ‘फल्ट’ घोषणा गरिएको छ । राजधानीमा मंगलबार आयोजित कार्यक्रममा फिल्मका निर्देशक सुवास जिसीले फिल्मले समाजमा आफूलाई सभ्य भन्ने व्यक्तिले नकारात्मक काम गर्दा त्यसले समाजमा पार्ने प्रभावलाई विषयबस्तु बनाएको बताए ।

चलचित्रमा सन्तोष काफ्ले निर्माता छन् । चलचित्रमा शुभ आचार्य, देवराज अधिकारी, निशा श्रेष्ठ, अनिल थापा र सगुन पोखरेल प्रमुख भूमिकामा छन् ।

फागुनको पहिलो साताबाट फ्लोरमा जाने चलचित्रमा सन्तोष काफ्लेको कथा, सुवास जिसीको पटकथा तथा संवाद, बसन्त सापकोटाको संगीत, विश्व देवकोटाको गीत र बासु बरालको छायांकन हुनेछ । इलाम, झापा, मोरङ र काठमाडौंमा छायांकन हुने चलचित्र २०७५ को वैशाख तेस्रो साता रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

चलचित्रलाई शुभकामना दिन कार्यक्रममा पूर्व सभामुख तथा एमाले नेता सुवासचन्द्र नेम्बाङ, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र प्रहरी अतिरिक्त नायब महानिरिक्षक सुदीप आचार्य उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu